नारी श्रष्टा सम्मान तथा सन्देशमुलक गीत आमा सार्वजानिक

कोभिड १९ को कहरले यति बेला विश्वभर हरेक क्षेत्रलाई असर गरेको छ, त्यसैको चपेटामा परेको छ नेपाली गीत संगीत क्षेत्र पनि । हरेक दिन शहरका विभिन्न होटल तथा रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका स्थानमा ठुलो जमघटका साथ हुने एल्वम विमोचन, गीत सार्वजानिक कार्यक्रम अहिले ठप्प छन् तर पनि सृजनशिलतालाई रोक्न सकिदैन भन्ने मान्यता अनुरुप केहि गीत संगीतहरु कठिन परिस्थितिको बावजुद पनि सार्वजानिक भइरहेका छन् ।भर्खरै नेपाली संगीत क्षेत्रमा भर्खरै एउटा फरक धारको गीत सार्वजानिक भएको छ ।

स्टुडियो साउण्ड मिलको अफिशियल युट्व च्यानल मार्फत सार्वजानिक भएको आमा बोलको उक्त गीतमा अञ्जु पन्तले स्वारङ्कन गरेकी छिन् भने हरि लम्सालले संगीत भरेका छन् । गीतको शब्द नरेश प्रधानले कोरेका हुन् । आम गीतकारले भन्दा फरक विषयवस्तु यो गीतमा नरेशले प्रस्तुत गरेका छन् । समाजसेवी नरेशले यो गीत चर्चा कमाउन र भ्युज बटुल्न नभई मस्तिष्क पक्षघात भएकी छोरी र आमाको कथालाई उनेका छन् । आफ्नो आँखाको नानी र मुटुको टुक्रा जस्तो लाग्ने सन्तान मस्तिष्क पक्षघातबाट थलिएपछि आमाको मनमा चल्ने आँधीवेरी र त्यसबाट पनि अविचलित भई सन्तानको हेरचाह र मायामा समर्पित आमाको कथालाई यस गीतमा नरेशले सर्लक्क उतारेका छन् ।

नरेश प्रधानद्धारा लिपिवद्ध उक्त गीतको केहि समय अगाडी मात्रै रिलिज भएको आमा चलचित्रमा शसक्त भूमिका निर्वाह गरेकी वरिष्ठ कलाकार मिथिला शर्मा, अभिनेत्री सुरक्षा पन्तको जीवन्त अभिनयले गीतको भावलाई मर्म गरेको छ । अनुप चापागाईको निर्देशन र उत्सब दाहालको छायांकनमा निर्मित भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् ।

म्युजिक भिडियो हेरिरहदा कुनै घरका आमा छोरीको वास्तविक दैनिकी नियालिरहेका छौं भन्ने श्रोता दर्शकलाई लाग्दछ । आफ्नो सन्तानलाई जन्म दिन मात्र होइन तिनलाई हुर्काउन पनि आमाले ठूलो त्याग गरेकी हुन्छिन् नै त्यसमा पनि अपाङ्गता भएका सन्तान हुर्काउन आमाको कम तपस्याले सम्भव हुँदैन । यो गीतमा तिनै आमाहरुको भोगाइ, अनुभव र अनुभूतिलाई सर्लक्क उतारिएको छ ।

–स्टुडियो साउण्ड मिलले यो भन्दा अगाडी पनि सामाजिक संचेतता अभियान संग सहकार्य गरेर अपाङ्गता तथा सामाजिक संचेतताका लागी कार्य गर्दै आएको स्टुडियो साउण्ड मिलका सञ्चालक महेश्वर राजभण्डारीले बताए । केवल मनोरञ्जनका लागि मात्र नभई गीतबाटै सामाजिक मुद्दालाई समेत उठान गर्नुपर्छ भन्ने मान्यता राख्दै विगत केहि वर्ष देखि यस्ता सन्देशमुलक गीतहरु उत्पादन गर्दै आइरहेको गायिका तथा स्टुडियो साउण्ड मिल कि संचालिका बुनु श्रेष्ठले बताइन् ।

उक्त अवसरमा अपाङ्गताको क्षेत्रम सक्रिय भइ अतुलनीय योगादान दिनु भएका डा. चन्द्रलेखा तुलाधर, विनु श्रेष्ठ, गीता खवास, अञ्ज महर्जन, हरिकला भुसाल, सिन्धु कुशवाह, रजुना सिंह, अनु राई, सीता सुवेदीलाई सम्मानित गरिएको थियो, सम्मानित व्यक्तत्वहरुले यस्तो सम्मानबाट यो क्षेत्रमा अझ उर्जावान भइ सेवा गर्ने प्रेरणा मिलेको बताए ।

 

Play Radio