फिल्म क्षेत्र खुलाउन आन्दोलनको तयारि ??

लकडाउन गरेपछि सरकारले फिल्म क्षेत्र बन्द गरेको थियो। कोरोनाको संक्रमण रोकथाम गर्नका लागि सरकारले फिल्म क्षेत्रलाई सबैभन्दा अगाडि बन्द गरेको थियो। ८ महिनादेखि बन्द रहेको मनोरन्जनको क्षेत्र खुलाउने बारे कुनै खबर नआएपछि फिल्मकर्मी आक्रोसमा आएअका छन्।

सरकारले अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिएर फिल्म क्षेत्रलाई सौतेनी व्यवहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रने तयारीमा छन् । नेपाल चलचित्र संघको शनिवारको कार्यसमिति बैठकले आन्दोलनको रुपरेखा तयार गर्दैछ। यत्तिका महिनासम्म ठप्प हुँदा यस क्षेत्रमा आश्रीत हजारौ मान्छेको जीवनमा समस्या देखा परेको छ। कतिको अवस्था दयनिय छ भने कति पलायन हुने अवस्थामा छन्। फिल्म क्षेत्रको अस्तित्व बचाउन पनि यस क्षेत्रलाई सञ्चालनको अनुमति दिनुपर्ने मागसहित चलचित्र निर्माता संघसहितको टोलीले शुक्रवार सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङसँग भेट गरेको छ ।

यसैलाई मध्यनजर गर्दै आकाश अधिकारि लेख्छन् ,”चलचित्र उधोगलाई यथा सक्या छिटो खोल्नु पर्ने । कोभिड-१९ बाट यस अनुरुप सावधनि अपनाउँदै हामी चलयमान हुन सक्छौं । समस्या र समाधानका १७ बुंदे बिज्ञाप्ती सहित संचार तथा सुचना प्रविधी मान्त्रिज्यु सँग भेट वार्ता भयो । नेपाल चलचित्र निर्माता संघले प्रतिनिधित्व गर्दै, नवनिर्वाचित उपाध्यक्ष अंजन श्रेष्ठ, म, का. स. उधोग बाणिज्य महासंघ तथा अध्यक्ष नेपाल चलचित्र निर्माता संघ का साथै अध्यक्ष दयाराम दाहाल चलचित्र बिकास बोड तथा बरिष्ठ नायक भुवन के. सि., आर्थिक पत्रकार भाई रोयल आचार्य । अव आश्वशन मात्र हैन हामी यथा शिघ्र यो क्षेत्रलाई खुलाउन प्रयत्न गर्दछौं । भनाइ छ मान्त्रिज्यु को । धन्यवाद सबैमा ।”

निर्माता संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य आकाश अधिकारीले समस्या र समाधानका १७ बुँदे विज्ञप्तिसहित सञ्चार मन्त्री गुरुङसँग भेट गरेको बताएका छन् । मन्त्री गुरुङले चाँडै फिल्म क्षेत्र खुलाउन प्रयत्न गर्ने आश्वासन दिएको उनले बताए ।

Play Radio