बन्ने भो प्रसाद २ – बिपिन र नम्रता दोहोरिने या नदोहोरिने ?

सुवास थापा निर्मित तथा दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल भएको थियो। २०७५ सालमा रिलिज भएको उक्त फिल्मका गित संगीतले पनि दर्शकको साथ उत्तिकै पाएका थिए भने नायक नायिकाले पनि प्रसंसा बटुल्न सफल भए। बिपिन कार्की , नम्रता श्रेष्ठनिस्चल बस्नेतको मुख्य भूमिका रहेको उक्त फिल्मको sequel आउने भएको छ।

निर्माता सुवास थापा प्रसाद २ ल्याउने तरखरमा छन् । कोरोनाको महामारी सकिएलगत्तै छायांकनमा जाने तैयारी रहेको साथै बिपिननम्रताको हिट जोडी पुन: दोहोरिने पक्का भएको छ। वैवाहिक जीवनपछि सन्तान प्राप्ति नहुँदाको कथा समेटिएर निर्माण भएको प्रसादको दोस्रो शृंखलामा विवाह हुनु अगाडिको कथा प्रस्तुत हुनेछ।

Play Radio