नेपालामा मल्टी स्टारर फिल्म्स निकै कम बन्छन् । पछिल्लो समयमा नेपाली चलचित्रको गुणस्टार बड्दो छ र यही सिलसिलालाई अगाडी बढाउने क्रममा छ प्रेमगीत’ सिरिज निर्माण कम्पनी आशुसेन फिल्म्स ।
आशुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘हुतुतु’ मा नेपालका चिर परिचित कलाकारमद्धे केहिलाई एकैसाथ देख्न पाइने भएको छ । सन्तोष सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्ने फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारीको मुख्य भूमिका रहनेछ । त्यसैगरी यस चलचित्रमा अहिले साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि नाम जोडिएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ ब्यवसायिका रुपमा सफल भएपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले करीब ६ महिना कुनै फिल्म साइन गरिनन् ।
यस फिल्मका लागी पनि समय नमिलेकाले कागजी सम्झौता हुन नसकेको र अहिले पनि छलफलकै चरणमा छ ।आफ्ना favourite स्टारलाई यकै साथमा देख्न पाउँदा दर्शक पनि उत्साहित छन् ।