लक्ष्मीप्रसाद मिश्रको ‘छाती भित्र …..’. म्युजिक भिडियो सार्वजानिक

गीतकार तथा साहित्यकार लक्ष्मी प्रसाद मिश्रको म्युजिक भिडियो ‘छाती भित्र’दृष्य नेपाल युटुब च्यानलमार्फत र अडियो रेडियो सिटी एफ.एम. ९८.८ मेगाहर्ज मार्फत लोकार्पण गरिएको छ ।

चर्चित तथा लोकप्रिय गायक राजेश पायल राईकोसुमधुर स्वर रहेको सो गीतको लय तथा सङ्गीत सिर्जना डि.वी. लामाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा भुवन श्रेष्ठ मुस्कानको निर्देशन भुवन श्रष्ठ मुस्कान, एलिना रायमाझी, राजेश चौलागाई र नभुल श्रेष्ठ मुस्कानको अभिनय रहेको छ ।
नेपाली साहित्यको विभिन्न विद्यामा कलम चलाउँदै आएका गीतकार मिश्रको यो पहिलो गीत हो, यो भन्दा अगाडी उनका रातो बाकस कबिता संग्रह, नसामा डुबेको खण्डकाब्य कबिता संग्रह, पेटारो भित्रको लोक सुसेली कबितासंग्रह, लमजुङको उपाहार बाल कबिता संग्रह, होसिया बाल कथा संग्रह प्रकासन भै बजारमा आइसकेका छन् भने अरु थप २ कृति अकलामा दैबी शक्ति सुसेली संग्रह र आँखा दान जीवनदान चुड्किला काव्य कबिता संग्रह प्रकाशनमा आउने तयारीमा रहेका छन्, नेपाली सेनामा रहेर देशको सेवा गरेका मिश्र सैनिक सेवा पछिको निवृत्त जीवन समाजसेवा र साहित्य सेवामा समर्पित गर्ने बताउँछन् ।

उनी ४ ओटा पदक र ३ दर्जन भन्दा बढी विभिन्न सम्मानपत्र द्वारा सम्मानित भइसकेका छन् ।
मिश्र रेडियो सिटी एफ.एम. ९८.८ का नियमित श्रोता हुन् भने उनले रेडियो सिटी एफ.एम. ९८.८ मा हरिराम पौडेलले संचालन गर्ने साहित्यिक प्रस्तुति ‘चौथो प्रहर’ मा २०० पटक भन्दा बढि टेलिफोन गरेर आफ्ना विभिन्न सृजना श्रोता माझ पुर्याइसकेका छन् ।

Play Radio