मकवानपुर जिल्ला हक्की संघको नयाँ कार्यसमिति चयन

हेटौडा । मकवानपुर जिल्ला हक्की संघले नयाँ कार्यसमिति चयन गरेको छ । शनीवार सम्पन्न भएको अधिवेसनले प्रताप सिंह क्षेत्रीको अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको छ । समितिले १ सदस्य भने बैठक पश्चात मनोनयन गर्नेछ ।

संघको प्रथम उपाध्यक्षमा शनत कुमार खनाल, द्वितीय उपाध्यक्षमा ओम प्रकाश पाण्डे, सचिवमा साजन कुमार शर्मा, कोषाध्यक्षमा मो. फिरोज खान र सदस्यहरुमा सुदिरा देवी पौडेल, निरन्जन ढुंगाना, निकिता बस्नेत, विकास दंगाल र राजु अधिकारी चयन भएका छन । समितिको कार्यकाल आगामी ३ वर्षका लागि हुनेछ ।

नेपाल हक्की संघका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका संयोजक मनोज कुमार शर्माको अध्यक्षतामा सम्पन्न अधिवेसनमा राष्ट्रिय महिला तथा पुरुष हक्की खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।

गठन पश्चात नै कार्यसमितिको पहिलो बैठक समेत बसेको छ । बैठकले नेपाल हक्की संघको आयोजना तथा मकवानपुर जिल्ला हक्की संघको सह आयोजनामा हेटौडामा हुने चौथो साहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिताको तयारीको सुरुवात गरेको छ । निकट भबिष्यमा संघले राष्ट्रिय इन्डोर हक्की प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ । साथै खेल व्यवस्थापन तथा खेल सामग्री माग गर्ने देखि अधिवेसन सम्पन्न गर्नेलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

Play Radio