पलको दयालु मन – सामाजिक कार्यमा सक्रिय हुँदै पल शाह

नायक पल शाह यसबेला सामाजिक कार्यमा सक्रिय भएका छन्। केही हप्ता अगाडि मात्र कालिकोटका बाढी पिडितका लागि राहत वितरण गरेका नायक पलले बिहिबार बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा गएको बाढीका कारण प्रभावित घर परिवारलाई राहत वितरण गरेका छन् ।

नायक पलसंगै गायक तथा मोडल दुर्गेश थापा पनि बाग्लुङ पुगेर प्रभावितहरुका लागि खाद्यान्न , सिरक डस्ना र नगद ५० हजार हस्तान्तरण गरेका हुन् । बाढी प्रभावितहरु भएको स्थानसम्म जान निकै असहज भएको र स्थानीय सरकारको एकद्धार नीतिका कारण पीडितलाई नै राहत सामाग्री प्रदान गर्न नसकिएकाले रपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र वडा नम्बर ८ र ९ का वडाध्यक्षलाई उनले राहत सामाग्री हस्तान्तरण गरेका हुन।

चामलको बोरा बोकेको र झरनाको अगाडी बसेर खाजा खाँदै गरेको फोटो फेसबुकमा हाल्दै उनले यो कुराको जानकारी दिएका हुन्। यो कार्यमा सहयोग गर्ने इशा गुरुङ, दिपक सुनवार, प्रवेश पौडेल, दिनेश राउत, अभियान श्रेष्ठ, सागर भुषाल लगायतलाई धन्यवाद दिएका छन् । उनको यो कामलाई अहिले सामाजिक संजालमा समेत सराहना गरिंदै छ।

Play Radio