स्वर्गीय बलिउड नायक सुशान्त सिंहको निधनमा विभिन्न ट्विस्ट आइरहेका बेला अहिले ड्रग्समा मोडिएको छ। ड्रग्सकै केसमा नायक सुशान्त सिंहलकी प्रेमिका रिया चक्रवर्ती केहि दिनदेखि जेलमा छिन्।
उनले एनसीबीसँगको बयानमा बलिउडका करिब २५ जना बलिउड स्टारले ड्रग्स लिने गरेको बताएको थिइन्। भारतीय मिडियाका अनुसार, रियाले खुलासा गरेका नाममा नायिका सारा अली खान, रकुल प्रित सिंह, फेसन डिजाइनर सिमोन खम्बाटा, सुशान्तका साथी रोहिणी, कास्टिङ डिरेक्टर मुकेश छबडा लगायतका नाम छन्। यी नाम सुन्दा सबै आस्चर्य चकित छन्। भारतीय मिडियाका अनुसार चलचित्र केदारनाथमा संगै काम गरेका सुशान्त र सारा अलिले चलचित्रको छायांकन थाइल्याण्डमा हुँदा एकसाथ ड्रग्स सेवन गरेको थिए।
सारा अलिको करियरको सुरुवात नहुँदै सकिन लागेको भन्दै सामाजिक संजालमा ट्रोल हुँदै छ। नायिका राकुल प्रित सिंहको नाम पनि जोडिदा उनका फ्यानमा पनि आश्चर्यता छाएको छ। यस बिषयमा अहिलेसम्म सारा र राकुलले कुनै प्रतिक्रया दिएका छैनन्।